अन्तर्वार्ता

शैक्षिक विकासमा के एण्ड के कलेजको ‘तीन मन्त्र’

सन् १९९८ बाटै शैक्षिक जगतमा होमिएको के एण्ड के इन्टरनेशनल कलेज अहिले आम विद्यार्थी तथा अभिभावकको केन्द्रमा परेको छ । आफ्नो सफलतामा दरिलोपन, विविधपन र गुणात्मक संकायसँगै विद्यार्थी र जुझारु व्यवस्थापन अनि शिक्षक र शिक्षण पद्यति नै भएकोे उनीहरु बताउँछन् । १० वटा कार्यक्रमहरु एकसाथ सञ्चालनमा रहेको कलेजमा हाल करिब १४ सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । हाल कलेजले प्लुटु, व्याचलर र मास्टर्सका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

नयाँ बानेश्वरको मुटुमा अवस्थित कलेजमा मानविकी र व्यवस्थापनका शैक्षिक कार्यक्रमलाई अरु कलेजभन्दा फरक शैलीमा सञ्चालन गरेको छ । आफ्ना उत्पादन र अभिभावकको न्यायो मायाले अहिलको अवस्था आएको कलेज व्यवस्थापनले बताउने गर्छ । विद्यार्थीले योजना बनाउन सिक्ने, सहभागि हुने र नेतृत्व लिने तीन मन्त्रलाई कलेजले आत्मसात गरेको छ । यसै सन्दर्भमा कलेजका व्यवस्थापन कार्यक्रम निर्देशक सिन्धु माधव ढकाललाई गाउँ सहर टीमले केही प्रश्न सोधेका थियौँ ।

१. के एण्ड के कलेज किन पढ्न आउने ? 

पहिलो कुरा के हो भने के एण्ड के कलेजको जरो आजभन्दा २० वर्ष अगाडि खुलेको हो । दशवटा कार्यक्रमहरु अहिले सञ्चालनमा छन् । थप कार्यक्रमहरुपनि सञ्चालन गर्ने तयारीमा जुटेका छौँ । यो अवधिमा हामीले विद्यार्थीलाई दिनुपर्ने गुणस्तरमा हामीले कहिल्यै कमी गरेका छैनौँ, बाहिर त्यहि सुनिन्छ । यही गुणस्तरीयताकै कारण आज सबैको रोजाइमा के एण्ड के परेको छ । 

स्थापना कालदेखिनै उत्कृष्ट विद्यार्थीहरु उत्पादन गरिरहेका छौँ । तपाइँले प्रत्येक वर्षको परिणामहरु हेर्नुभएकै छ । त्रिभुवन विश्वविद्यालयमा हरेक विद्यामा हाम्रै विद्यार्थीहरु प्रत्येक वर्ष टप लिस्टमा परेका छन् । सहभागितात्मक सिकाई प्रणाली, स्वतन्त्रता, नेतृत्वशैलीको विकास, फेरी हाम्रो स्थानपनि काठमाडौँ, भक्तपुर र ललितपुरको बीचमा छ । विविध वातावरणले हर कोहि विद्यार्थीको रोजाइमा के एण्ड के पर्ने गरेको छ ।

२. भर्नाको समयमा त सबैले ‘हामी राम्रो छौँ नै भन्छन नी ?

भर्नाको समयमा मात्र होइन तपाइँले अहिलेपनि हेर्न र बुझ्न सक्नुहुन्छ । हाम्रो कलेजको रेपुटेसनमा प्रश्नचिन्ह उठेको छैन । व्यवस्थापन र मानविकीका कलेजमा हामी फ्रन्ट लाइनमै छौँ । पढिरहेका वा पास आउट विद्यार्थीलाई सोध्नुहोस् । हामी गर्वका साथ भन्छौँ विश्वविद्यालयको पाठ्यक्रम लगायत विश्व शैक्षिक पाठ्यक्रमलाई पनि साथसाथै अध्यापन गराइरहेका छौँ । हाम्रो कलेजमा विद्यार्थी भर्ना हुने अनि पास भएर निस्कने मात्र होइन, उ सिक्छ, सहभागी हुन्छ र नेतृत्व लिएर फर्कन्छ । यो मान्यताबाट हामी विद्यार्थी उत्पादन गरिरहेका छौँ । हामी बोलेर नगर्ने होइन गरेपछि बोल्ने गर्छौँ । यही शैलीलाई आम नेपालीले मनपराइदिनुभएको छ ।

३. विद्यार्थीलाई के त्यस्तो बुटी दिनुभएको छ ? हेर्दा त त्यस्तो देखिँदैन नी !
हाम्रो कलेजको वातावरण स्वतन्त्र छ । तर, उ वा उनी बन्नुपर्छ । विद्यार्थी र शिक्षकको आँगनमा कुनैपनि समस्या आउन दिँदैनौँ । उसले वा उनले स्वतन्त्र भएर शिक्षण अभ्यास गर्न सक्छ । प्रत्येक विषयका छुट्टा छुट्टै व्यवहारिक स्थल अध्ययन, सहभागिता, सामाजिक कार्य, समाजको अध्ययन जस्ता विविध पक्षलाई समेट्दछौँ । साथै सेमिनार, वर्कसप, अतिथि अध्यापन हाम्रा दैनिकी नै हुन् । यसको अलावा विद्यार्थीले बनाउनुपर्ने पेपर, र तिनको प्रजेन्टेशन जस्ता कार्यहरु हाम्रा अनिवार्य शर्त हुन् । 

अब तपाइँ भन्नुहोस् शिक्षक, विद्यार्थी र सम्पूर्ण व्यवस्थापन नै विद्यार्थी बन्नुपर्छ अनि बनाउनुपर्छ भन्ने मन्त्रमा रहेको कारण नै हामीले तपाइँहरुको माया पाएका छौँ । जुन फेकल्टीमा अध्ययन गर्ने हो र फेकल्टी मेम्बरको आँगनमा रहनुहोस भन्छौँ । विद्यार्थी केन्द्रित अध्यापन विधि हाम्रो पहिचान हो । विद्यार्थीको माया नै हाम्रो सम्पति हो । यसमा उनीहरुको ठूलो योगदान छ ।

४. यहाँ अध्ययन गरेका विद्यार्थी सफल हुनुको कारण चाहिँ के हो ?

प्रायः कलेजहरु त्रिविले दिएको पाठ्यक्रममा मात्र आधारित हुन्छन तर हामी यो सँगसँगै आवश्यक कुराहरु, विश्व शिक्षा पद्यतिअनुसार जोड्ने काम गर्छौँ । कम्प्युटर, भाषा, सामाजिक सञ्जालको प्रयोग जस्ता कुराहरुलाई पाठ्यक्रमसँगै लैजान्छौँ । यहि कारण नै हाम्रा विद्यार्थीहरुले अभ्यासिला, जाँगरिला हुनुको साथै सफलता चुम्न सकेका छन् ।

५. बजार त अप्रतिस्पर्धी छ नी ? तपाइँहरु कस्तो हुनुहुन्छ ?
बजार र बजारीकरण आधुनिक समाजको ऐना नै हो । यसको अभाव कसैमा पर्नु हुँदैन । तसर्थ, बजार चाहिन्छ, हामीपनि बजारीकरण गर्छौँ । तर, ढोँगी होइन, जे छ र सकिन्छ त्यो बेच्छौँ । देखावटी हाम्रो कहिल्यै हुँदैन । हामीलाई के थाहा छ भने अप्रतिस्पर्धी बजारीकरणले शिक्षा सप्रिँदैन भन्नेमा ढुक्क छौँ । हाम्रा विद्यार्थी तथा अभिभावक जसलाई सन्तुष्ट पारेका छौँ वहाँहरुले नै हाम्रो बजारीकरण गरिरहनुभएको छ कुनै न कुनै रुपमा । हामी आजसम्म भएका सन्ततीलाई गुणस्तरीयतामा कम्परमाइज गरेका छैनौँ । यसकारण बजारमा उम्लिएर आउनुपर्छ भन्नेमा हामी छैनौँ ।

६. चलेका कार्यक्रममा बीबीए किन अझ लोकप्रिय छ ?

हाम्रो कलेजमा चाहे त्यो दश जोड दुइ, व्याच्लर र मास्टर्समा परिणाम उत्कृष्ट आएका छन, हरेक कार्यक्रममा । विए ग्रामीण विकास, पत्रकारिता, मनोविज्ञान, सामाजिक कार्य, अंग्रेजी, नेपाली जस्ता मानविकीका विषयमा परिणामको हिसावले उत्कृष्ट छन् । 

यस्तै व्यवस्थापनमा विविएस र बीबीए दुबैको सहभागिता र परिणात्मकता अधिक छ । दुबै ४ वर्षे पाठ्यक्रम हुन् । यसमा पनि बीबीएको सन्दर्भमा सबैभन्दा राम्रो पाठ्यक्रमको समिश्रण छ । आइ क्यान से वेस्ट डिजाइन सेलेवस अफ नेपाल । शैक्षिक क्षेत्रमा विश्लेषण गर्ने हो भने बीबीएमा हाम्रो राम्रो उपस्थिति छ । मानविकी र व्यवस्थापनको दुनियाँमा के एण्ड के ले देशको महत्वपूर्ण अंश ओगटेको छ । यस्तै मास्टर्सका ग्रामीण विकास, लैङ्गिक अध्ययन, मनोविज्ञान र विजनेस स्टडिजमा विद्यार्थीको चाप थामिनसक्नु छ । परिणामहरु प्रत्येक वर्ष अत्यन्तै राम्रा आएका छन् ।

७. बीबीएको आकर्षण यतिविघ्न बढ्नुको कारण चाहिँ के रैछ ?
व्यावहारिक ज्ञान दिइने बीबीएमा विद्यार्थीको आकर्षण बढ्दो छ । ८ सेमेस्टर पढाइ हुने बीबीएमा सैद्धान्तिक ज्ञानसँगै व्यवस्थापनका मुद्दामा सामूहिक छलफल, प्रतिष्ठित संस्थामा इन्टर्नसिप, प्रोजेक्टवर्कसमेत गराइन्छ । फेरी हाम्रो शिक्षण पद्यति स्वतन्त्र, कार्यात्मक र दिगो छ । विश्वका शैक्षिक पद्यतिअनुसार आवश्यक प्रविधिलाई आत्मसात गरिएको छ ।

बीबीए सकेपछि मध्यम तहको व्यवस्थापकीय जनशक्ति तयार हुन्छ । यसले नेपालमा विस्तार हुँदै गएको व्यावसायिक क्षेत्रमा आवश्यक जनशक्ति पूर्ति गर्न सघाउँछ । उद्योग, व्यापार, कम्पनी, बैंक, बिमा, कन्सल्टेन्सी, अस्पताल, होटल, एनजीओरआईएनजीओ, म्यानपावर कम्पनी लगायतको कार्यकारी तहमा व्यवस्थापन विज्ञलाई राख्ने क्रम बढेको छ । यसमा के एण्ड के का विद्यार्थीहरुको उपस्थिति उच्च छ ।  यही कारण बीबीएमा विद्यार्थीको आकर्षण बढ्दो छ ।

८. यो अवधीभित्र तपाइँहरुले साह्रो-गाह्रो पनि त भोग्नुभएको होलानी ?
सबैतिर बिकार हुँदा हामीभित्र पनि प्रवेश नगरेको होइन । तर विद्यार्थी काँचो माटो भएकोले कहिलेकाँही राम्रा-नराम्रा अवस्थाहरु आउँछन् स्वभाविक हो । तर, हामीले आफ्नो तर्फबाट काँचो माटोलाई पक्का बनाएर पठाउने गरेका छौँ । देशको अवस्थाले केही असामान्य अफ्ट्याराहरु सामना गरेका छौँ तर हाम्रो टिम, प्रशासन, शिक्षक विद्यार्थीकै संयोजनमा हल गर्ने गरेका छौँ । त्यसैले भन्नैपर्ने गाह्रा अफ्ट्यारा घटना छैनन् ।

९. अन्त्यमा के भन्नुहुन्छ ?

अधिक सबल पक्षहरुको समिश्रणले हामीले विद्यार्थीको माया पाएका छौँ । यसमा वहाँ अभिभावक, सुवेच्छुक, विद्यार्थीवर्ग र अन्यको उत्तिकै हात रहेको छ । वहाँहरुकै अशिर्वादले आज हामी कुनै एउटा काँचो माटोलाई बनाएर निकाल्न सक्ने भएका छौँ, बिना कुनै नोक्सानी । अधिक जनताको साथ र माया पाएका छौँ । यसकारण कुनै विद्यार्थी कुनै कलेजमा भर्ना गर्नु ठूलो कुरा होइन, तपाइँको सन्तती त्यहाँ पढेर मान्छे बन्छ बन्दैन त्यो महत्वपूर्ण छ । तसर्थ, हामी विद्यार्थीलाई सिकाएर, सहभागी गराएर नेतृत्वदायी भूमिकामा पुग्ने इच्छा पुरा गर्नमा कटिबद्ध छौँ । 
धन्यवाद ।

तपाईँको मत