प्रेरणा

तौल घटाउनको लागि खानुहोस् ‘पानीपुरी’

काठमाडौँ । पानीपुरी अर्थात गोलगप्पेको नाम सुन्ने बित्तिकै जिब्रोले १००० भोल्टको तरंग ल्याइदिन्छ । जोपनि यसको कुरामा नाइँ भन्दैनन् । तर, प्रायः पानीपुरी खानेको स्वास्थ्यप्रति लापरवाही भनिन्छ पनि । अब यो कुरा सुन्नुभयो भने तपाइँ पानीपुरी खाँदाका फाइदाहरु सहजै बताउन सक्नुहुन्छ । हामी तपाइँलाई पानीपुरीका फाइदाहरु बताउन गइरहेका छौँ । सबैभन्दा पहिले यो जान्नुहोस कि तपाइँको सबैभन्दा मनपर्ने पानीपुरीले तपाइँलाई कहिल्यैपनि स्वास्थ्य बिगार्दैन । यसको स्वाद अझ तेज गर्ने मसलाले तपाइँलाई पाचन पक्रियामा सहयोगी भूमिका खेल्नेछ । यो कुरामा अविश्वास गर्नुभएको छ भने त्यो कुरा हटाउनुहोस, यो साँचो हो । पानीपुरी धेरै परिस्थितिमा तपाइँको साथी बन्न सक्छ । पानीपुरीको चट्पटा पानी जुन मसाला मिलाएर बनाइएको हुन्छ, त्यसले एसिडीटी र पेट दुखाई जस्ता समस्यालाई समाधान गर्दछ ।

ठाउँ अनुसार नाम फरक फरक
पानीपुरी वा गोलगप्पेलाई देशका विभिन्न क्षेत्रमा फरक फरक नामले चिनिन्छ । जस्तै पताशे, बताशे, फुल्की, पानी डल्ला, पुचका, गुपचुप, पोकडी आदी ।

तौललाई कम गर्छ 
पानीपुरीलाई सावधानीसँग बनायो र प्रयोग गरिएमा यसले बढेको वजनलाई घटाउन मद्यत गर्दछ । सबैभन्दा पहिला यो जान्नुहोस की त्यसमा गुलियो बिल्कुलै नहाल्नुहोस् र पुदीना, हिंग, निबु वा काँचो आँप मिलाउनुहोस् । पानी मा टमाटरको उपयोग नगर्दा बेश । साथै पानीपुरी मैदाको साटो आँटाको बनाउनु भयो भने तुलनात्मक रुपमा फाइदाजनक हुन्छ ।

मुखको छालालाई गर्नुहोस ठिक
पानीपुरीको पानीमा तिखो र खट्टा स्वादले मुखको छालामा राहत दिलाउने काम गर्दछ । यसमा जलजीरा, पुदीना वा तित्री हुन्छ । यसको अमिलोपन पेट सफा गर्न र छालाको पानी बाहिर निकाल्नमा मद्यतकारी हुन्छ ।

एसिडिटीमा लाभ
यात्राको दौरान प्रायः मानिसहरुमा बन्दको माहौलमा स्वास रोकिने, रिँगटा लाग्ने र भोमिट हुने समस्या हुन्छ । यस्तो अवस्थामा ३-४ पानीपुरी खाँदा तुरुन्त आराम मिल्छ ।

दिउसोको समय सबैभन्दा उत्तम
पानीपुरी दिउसोको समयमा खाँदा सबैभन्दा उत्तम हुन्छ । साँझको समयमा पानीको निगार खाँदा वजन वढ्ने आशंका रहन्छ । कसरत गर्नुभन्दा अगाडि वा पछाडि पानीपुरी खाँदापनि नोक्सानी गर्दैन ।

आँटाले बनाएको पानीपुरी खानुहोस्
मैदाले बनाएको भन्दा आँटाको पिठोमा बनाएको पानीपुरी स्वास्थ्यको लागि राम्रो हुन्छ । साथै पानीपुरी भित्र राख्ने सितनमा छोला या मटरको साटो मुंग या चनाको दालको प्रयोग सबैभन्दा राम्रो मानिन्छ । पानीपुरी सूजी, मैदा या आँटा सबैको बनाउन सकिन्छ । आँटा मिस्ने समय सँधै मनतातो पानीको प्रयोग गर्नुहोस् । 

पानीपुरीमा चाहिने सामाग्रीहरु

१ कप मैदा, सूजी, आँटा, नुन स्वादानुसार, १ चम्चा तेल, एक चिम्टी सोडा, १ कप पानी ।

बनाउने विधि
एक कचौरामा सूजी, मैदा, नुन, सोडा र तेल मिक्स गर्नुहोस् । फेरी यसमा विस्तारै मनतातो पानी हालेर डल्ला पार्नुहोस । डल्लालाई २५-३५ मिनेटसम्म ढाकेर राख्नुहोस् । त्यसपछि आँटाको हातले एकपटक मुछ्नुहोस् र मुलायम बनाउनुहोस् र फेरी तीन भागमा बाँड्नुहोस् । त्यसपछि आँटाको एक हिस्सालाई पुरै बेल्नुहोस् । त्यसपछि कुनै बोतलको ढक्कन लिएर बेलिएको आँटाबाट साना साना पुरी काटेर अलग गर्नुहोस् ।

यो तयार पानीपुरीलाई कुनै कपडाले ढाकिदिनुहोस् । जब पुरी तयार हुन्छ तब कराइमा तेल तातो गर्नुहोस् र उसमा पुरी हाल्नुहोस् । आगो सानो गर्नुहोस । जब पानीपुरी तयार हुन्छ, तब ३ घण्टाको लागि खुला भाँडोमा राख्नुहोस जसले गर्दा त्यो साह्रो होस् । यदी केही पानीपुरी फुलेनन् भने तपाइँ त्यसलाई पापरीको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । जब पुरी तयार हुन्छ तब यसमा गुलियो र नमकिन पानी हालेर सबैलाई चखाउनुहोस । लाइभ हिन्दुस्तानको सहयोगमा 
 

तपाईँको मत