भिडिओ

 गायक चानस आर.सी. को तिजको कोसेली

काठमाडाैँ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारि गायक चानस आर सी को नयाँ तिजको कोसेली रंग न ढंगकी बजारमा सार्वजनिक भएको छ ।

धिताल फिल्मस् प्रा.लि. ले बजारमा ल्याएको तिजको भिडियो सहितको गित रंग न ढंगकीले धेरै दर्शक र श्रोताहरुको मनको ढुकढुकी मेटाउने तथा अन्य तीज गित जस्तै उत्कृष्ट रहेको छ । 
नेपाली गित संगीतको पाटो एकदम फराकिलो हुदै गएका बेला विगत लामो समय देखि निरन्तर काम गर्दै आएको नेपाली गित संगित प्रेमीहरुका लागि धिताल फिल्मस् प्रा.लि एउटा उत्कृष्ट म्युजिक कम्पनी हो । तिजको मौका पारी विभिन्न म्युजिक कम्पनी तथा गायक कलाकारले सार्वजनिक गर्ने तीजका गित भित्र पर्ने यो गित हो रंग न ढंगकी । नयाँ प्रस्तुति नयाँ गिति सग्रंह भए पनि अन्य तिज गितको तुलनामा केही फरक रहेको छ । 

चर्चित गायिका देवी धर्ती र चानस आर सीको स्वरमा रहेको यस रंग न ढंगकी गीतको शब्द श्रीकृष्ण र ईश्वरी भटृ हो भने संगीत श्रीकृष्ण क्षेत्रीको रहेको छ । रंग न ढंगकी लाई धेरै आकर्षक अनि छमछम नाच्न मन तानिने भिडियोले बनाएको छ । भिडियोमा सुरवीर पण्डित “दारी बा” शुसीला निरौला “बिमली” महेन्द्र गौतम र रिना थापा मगर लगायतले अभिनय गरेका छन् । 

 

भिडियो निमार्णको क्रममा हजारौ भन्दा बढि भिडियो निर्देशन तथा सय भन्दा बढि भिडियोमा अभिनय गरिसकेका चर्चित निर्देशक, कलाकार र मोडेलको दमदार प्रस्तुति भएको र रंग न ढंगकी गितको भिडियो निकै उत्कृष्ट बनेको निर्देशक होम धितालले जानकारी दिए । होम धितालको निर्देशनको यस गितमा वरिष्ट क्यामरामेन मधुर बस्नेतको छांयाकन चर्चित कोरियोग्रीफि  शिव बिक र सम्पादन रोसन धितालले गरेका छन् । 


 

तपाईँको मत