सेवा

कार्यालयमा बढी मेहेनती कामदारलाई बढुवा मिल्दैन !

  • २४ श्रावण बिहीबार, २०७५ | १६:४०:०० मा प्रकाशित
Shutterstock

लण्डन । कार्यालयमा धेरै मेहनत गरेर दिनभर काम गर्दै हुनुहुन्छ ? तरपनि प्रोमोशन (बढुवा) पाउनुको साटो प्रदर्शन खराब बताइन्छ । यदी तपाइँसँग यस्तो भयो भने यो अध्ययनलाई नियालेर हेर्नुहोस् । यसमा बताइएको छ कि किन बढी मेहेनत गर्नु तपाइँको लागि राम्रो कम अनि नोक्सानी बढी हुने गर्छ ।

यूनिर्भसिटी अफ लण्डन र इएससीपी यूरोप बिजनेस स्कुलले यो अध्ययन गरेका थिए । यसमा विशेषज्ञले बढी मेहेनत गर्ने कर्मचारीलाई न बढुवा मिल्छ, न प्रदर्शन राम्रो हुन्छ भन्ने अन्त्य निकालिएको छ । प्रायः भनिन्छ मेहेनत गर्नेलाई सबैकुरा प्राप्त हुन्छ भनेर । तर, यो नयाँ अध्ययनले कार्यालयमा बढी मेहेनत गर्नेलाई शरीर राम्रो नहुने, अनि वृत्तिवृद्धिमा पनि असर गर्ने बताएको छ ।

शोधकर्ताले अध्ययनको दौरान कार्यालयमा मेहेनत गर्ने कर्मचारी अन्य साथीहरु भन्दा असन्तुष्ट रहने र उनलाई जागीरको सुरक्षा वा बढुवाको चिन्ताले दिनदिनै सताउँछ । शोधकर्ता टीमको सुझाव यो छ कि यदी हाकीमले आफ्ना कर्मचारीलाई कुन समयमा कस्तो काम गर्न दिन्छ त्यसबाट उनको प्रेशर केही कम गर्न सकिने बताएका छन् । 

कर्मचारी निष्ठा बनिरहनेमा कम्पनीको उत्पादकत्वमा पनि कारण रहेको हुन्छ । यो अध्ययनको लागि यूरोपका ३६ देशका ५२००० कर्मचारीको तथ्याँक लिइएको थियो । यी कर्मचारीले यूरोपियन वर्किंग कन्डिसन्स सर्वेमा भाग लिएका थिए । यो सर्वे सन् १९९० मा सार्वजनिक गरिएको थियो । यसमा विभिन्न अवस्थामा काम गर्ने तरिकाबाट जुध्ने कर्मचारी र त्यसको जोखिममा चर्चा गरिएको थियो । एजेन्सी
 

तपाईँको मत