भिडिओ

कानूनको अभावमा स्थानीय तह व्यवस्थित हुन सकेको छैन : मदन कुमार खरेल

काठमाडौँ । संविधान कार्यान्वयनको पहिलो चरण स्थानीय निकायको निर्वाचन थियो । करिब १४ महिना बितेको यो समयमा कानुन अभावले आशाको चाङलाई पूरा गर्न सकेका छैनन् जनप्रतिनिधिले । गरेका बाचा र कानुन एवम् नीतिको अस्पष्टताले सेवा प्रवाहका केही क्षेत्रहरुमा पाएको सफलतालाई कुनामा पुर्याएको छ । 

संघीयताको बखान चाहिँ गर्यौँ, तर त्यो पूर्णता देखिएको भने छैन । कार्यान्वयनको क्रममा प्रवेशचाहिँ गरेका छौँ । वित्तीय विकेन्द्रिकरण छैन, जसले अपनत्वमा विकास गर्न सकेको छैन । हचुवाका योजनाले अहिलेपनि स्थान पाएका छन् । संघीय अवधारणा अन्तर्गत छुट्टिएको बजेट भएपनि पठाउने र खर्चिने समयको असन्तुलने बजेटको पूर्ण कार्यान्वयन नभएकै अवस्था विद्यमान छ । अधिकारलाई विकेन्द्रिकरण गरिएको भनिएपनि मुख्यकुरा वित्तको पक्षले गर्दा स्थानीय निकायले स्वस्फुर्त काम गर्न सकेको छैन । खुलमखुल्ला भागको भाग खोज्ने विकृतिपनि स्थानीय तहमा देखिएको छ, यो गलत छ ।

स्थानीय तह र यसकै सेरोफेरोमा रहेर गाउँ सहर टीमले समाजशास्त्री एवम् स्थानीय विज्ञ मदन कुमार खरेलसँग बहस गरेका थियौँ । 
 

तपाईँको मत