इरानलाई नेपालले दियाे ३ सय ५४ रनको विशाल लक्ष्य, कप्तान देवको कीर्तिमानी शतक
- गाउँ सहर संवाददाता
- २५ असोज बिहीबार, २०८० | ११:१८:०० मा प्रकाशित

काठमाडाैं । कप्तान देव खनालको सानदार शतकमा नेपालले यू१९ प्रिमियर कपमा इरानलाई ३ सय ५४ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०. १ ओभरमा ३ सय ५३ रनमा अल आउट भयो ।
नेपालका देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । देव नेपालबाट यू१९ मा दुई शतक हान्ने पहिलो खेलाडी हुन् । उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए ।
दीपक बोहरा ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । नेपाल एक समय ४.१ ओभरमा १०(२ को अवस्थामा पुगेपनि तेस्रो विकेटका लागि देव र दीपकले १ सय ६६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । देव शतक प्रहार गरेको अर्को बलमा आउट भए ।
उनी आउट भएपछि भने नेपालले लगातार विकेट गुमाएको थियो । ओपनर अर्जुन कुमाल गोल्डेन डक र आकाश त्रिपाठी ३ रनमै आउट भएका थिए । विकेटकिपर दीपक प्रसाद डुम्रे ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनमा आउट भए ।
दीपेश कंडेल २२ बलमा ३ चौका र१ छक्कासहित २९, दीपक बोहरा १ र मिलन बोहरा डक आउट भए । तीव्र गतिका बलर आकाश चन्द ११ बलमा ३ चौकासहित १९ रनमा आउट भए । हेमन्त धामी १९ बलमा २ चौका र १ छक्कासहित २३ र सुवास भण्डारी १८ रन बनाए ।
इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । समान शेखी र जियाद राइसीले समान दुई विकेट लिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस