आइएमई पे र निसर्ग अस्पताल बीच सम्झौता २५ प्रतिसत सम्मको छुट

काठमाडौं ।‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।  

सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५५ देखि २५५ सम्म छुट प्रदान गरिने छ । सो छुट १ वर्षका लागि लागु हुनेछ ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत