गाउँ सहर

आइएमई पे र अरोगीन हेल्थकेयरबीच सम्झौता, ४५ प्रतिशतसम्मको छुट

काठमाडौं । ‘आइएमई पे’ र अरोगीन हेल्थकेयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब अरोगीन हेल्थकेयरमा आइएमई पेमार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । 

सम्झौतापत्रमा अरोगीन हेल्थकेयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थकेयरको विभिन्न सेवासुबिधा प्रयोग गरी आइएमई पेमार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम ५५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएकाे छ । सो छुट सीमित सेवालाई मात्र लागु उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत