एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० को क्यासब्याक
- गाउँ सहर संवाददाता
- १६ जेठ मंगलबार, २०८० | १४:४७:०० मा प्रकाशित
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई रु १००० क्यासब्याक दिने भएको हो ।
सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले रु १००० क्यासब्याक जित्न सक्नु हुनेछ। क्यासब्याकको रकम विजेतालाई वालेट मा प्रदान गरिने छ । यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागु हुनेछ ।
केही समय यता आइएमई पे र एम बैंक बिच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उदेश्यका साथ यो सम्झौता भएको थियो । सो सम्झौता पत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस