गाउँ सहर

कि काठमाडौंको हितमा काम गर, कि सिंहदरबार अरु पालिकामा सार : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह संघीय सरकारले महानगरसँग समन्वय नगरेको भन्दै काठमाडौंवासीको हितमा काम नगर्ने सिंहदरबार काठमाडौंबाट सार्न चुनौती दिएका छन् । 

‘कि काठमाडौंको हितमा काम गर, कि सिंहदरबार अरु पालिकामा सार,’ उनले भनेका छन्, ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार कि राजधानी सार ।’

महानगरसँग सरकारले समन्वय नगरेको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत  काठमाडौंवासीको हितमा काम नगर्ने सिंहदरबार अरु पालिकामा सार्न समेत चुनौती दिएका छन् । मेयर बालेनले काठमाडौंवासीलाई कला, संस्कृति, सम्पदा र सभ्यता चाहिएको तर राजनीति नचाहिएको समेत भनेका छन् ।

बालेनले यसअघि १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत