राजनीति
प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच यस्तो सहमति : आजै बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने
- गाउँ सहर संवाददाता
- १३ चैत सोमबार, २०७९ | १२:२०:०० मा प्रकाशित

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज छलफल भएको छ। आज अपरान्ह ४ बजे सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमतिमा पुग्ने समझदारी गरेका छन्।
मन्त्रिपरिषद बिस्तार समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको प्रधानमन्त्री दाहालले जानकारी दिएका छन्।
चैत ६ मा प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत लिएका थिए। गठबन्धनभित्र कसले कुन मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तार नभएको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित
- टी-ट्वान्टी महिला सिरिजमा नेपालकाे जित
- आजकाे प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची
- सेती जलविद्युत् आयोजना आगामी मङ्सिरभित्रमा सम्पन्न हुने
- भारत भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको छ : प्रधानमन्त्री प्रचण्ड
- नेपालमा धेरै जनसंख्या भएको जाति क्षेत्री र कम नुराङ, हिन्दू धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- दुर्घटना अपडेट : सुनकोशीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नक्कली भुटानी शरणार्थी प्रकरण : १५ प्रतिवादीको बयान सकियो, १२ जना अझै फरार
- नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय वालेट “आइएमई पे” ले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण
प्रतिकृया दिनुहोस