गाउँ सहर

महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिट दरपिठ

काठमाडौँ । सर्वोच्चमा पेस गरिएको महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबा पेस गरेकी रिट मंगलबार दरपिठ भएको छ ।  रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट दरपिठ भएको हो । 

गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो । राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उम्मेदवारी पनि कायम रहेको  थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत