अर्थतन्त्र

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा निरन्तर उकालो लागिरहेको सुनको भाउ आज शुक्रबार  घटेको छ । 

अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत