यस्तो छ राष्ट्र बैँकले शुक्रबारको लागि तोकेको विदेशी विनिमय दरभाउ
- गाउँ सहर संवाददाता
- १३ माघ शुक्रबार, २०७९ | ११:२५:०० मा प्रकाशित
काठमाडौ । शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यसअघि बिहिबार पनि अमेरिकी डलरको खरिदबिक्री सोहि मूल्यमा भएको थियो ।
युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६१ पैसा पाइन्छ । अघिल्लोदिन यसको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसामा भएको थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ११ पैसा तोकिएको छ। यसअघि यसको खरिदमूल्य १६० रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ६ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर ९३ रुपैयाँ नाघेको छ । यसको खरिददर ९२ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९३ रुपैयाँ २ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७१ पैसा कायम रहेको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर शुक्रबार ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६३ पैसा तोकीएको छ । मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३० रुपैयाँ ८२ पैसामा पाइन्छ।
यसैगरी, शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८२ पैसामा कारोबार भैरहेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ६ पैसा तोकिएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरीएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस