अर्थतन्त्र

नेप्सेमा गिरावट सँगै खुम्चियाे कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताकाे अन्तिम काराेबार दिन आज बिहीबार घटेर बन्द भएको छ । यस दिन ०.३५ अंक घटेर २१८३.२७ विन्दुमा झरेको छ ।

यस दिन कारोबार रकम पनि खुम्चिएकाे  छ ।  यस दिन २५४ स्टकको कारोबारमा २ अरब ८६ करोड ८२ हजार ८३९.०३ रुपैयाँ बराबरको १ करोड ७७ लाख ६४ हजार १५३ कित्ता शेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन १.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंक अंक बढेको र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत