दोलखाबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बिहीबार, २०७९ | १२:२३:०० मा प्रकाशित

काठमाडौं । दोलखाबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। दोलखा नगरपालिका ३ चरिकोटबाट सोही ठाउँका स्थानीय ७० वर्षीय जनकबहादुर कार्की पक्राउ परेका प्रहरीले जनाएको छ।
उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ४१ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका कार्कीलाई ई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
कार्कीले २०७५ चैत १९ गते प्रभु बैंकमा रहेको आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानाजान जाहेरवालालाई झुक्क्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीमाथि उक्त फैसला गरेको थियो।
कार्कीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दोलखामा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय दोलखामा पठाइएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रविको नागरिकता अवैध ठहर गर्ने सर्वोच्चको आदेशमा यस्ताे छ (फैसलाको पूर्णपाठ)
- गृहमन्त्री रवि लामिछानेको नागरिकता सर्वाेच्चद्वारा अवैध ठहर, सांसद पद गयाे
- विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै ग्लोबल आइएमई बैंक
- राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, परेनन् सन्दीप र देव
- गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसला हुँदै
- माघ २३ मा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने
- धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
- गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो
- जयराम हुमागाई र सीता दुलालकाे सांगीतिक काेशेली ‘किस्ता किस्ता गरेर नलुट’ [भिडियोसहित]
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु
प्रतिकृया दिनुहोस