वातावरण

माैसम पूर्वानुमान यस्ताे छ आज

 

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १ का साथै देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।  

आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रहनेछ । राती प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ ।

तराई  भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत