खेल

नेसनल प्याब्सन अन्तर्गत आज फुटबलको सेमिफाइनलका खेल हुने 

पोखरा । पोखरामा जारी नेसनल प्याब्सन खेलकुद महोत्सव अन्तर्गत बिहीबार सेमिफाइनलका खेलहरु हुने भएका छन् । बिहीबार पहिलो सेमिफाइनलको खेलमा कास्की मोडनाइज्द एकेडेमी बिरुद्ध इम्यानुएल स्कुलबीच हुने भएको फुटवल खेल संयोजक राजु केसीले बताए । 

पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा विहिबार दोश्रो सेमिफाइनल खेलमा चिल्ड्रेन एकेडेमी बिरुद्ध लिटल फ्लावर बिच खेल हुने भएको छ । बुधबार भएको खेलमा कास्की मोडजाइज एकेडेमीले नेश्नल क्रियसनलाई टाईब्रेकरमा ४–३ को गो्ल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयमा दुबै तर्फ गोल नभए पछि खेल सिधै टाईब्रकरमा पुगेको हो । अर्को खेलमा इम्यानुएलले विरेन्द्र मेमोरियललाई ४–० ले पराजित गर्‍यो । 

त्यसैगरी चिल्ड्रेन एकेडेमीले टाईब्रकरमा ५–३ को गोल अन्तरले हिल साइडलाई पराजित गर्‍यो । निर्धारित समयमा दुबै तर्फ गोल हुन सकेन । बुधबारको अन्तिम खेलमा लिटिल फ्लावरले राइजीङ स्टारलाई २–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा जारी उक्त महोत्सव अन्तर्गत बुधबार जुनियर छात्रतर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको सेभेन ए साइड फुटवल प्रतियोगिता संयोजक हिमाल गुरुङले बताए ।

बुधबारको खेलमा कास्की मोडनाइज एकेडेमीले हेमजा बोर्डिङ स्कुललाई २–१ को झिनो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनायो । अर्को खेलमा भने नेश्नल क्रियसनले गण्डकी एकेडेमी माथि ३–२ को जित हासिल गर्‍यो । समुह एमा रहेका नेश्नल क्रियसन र कास्की मोडनाइजले फाइनल यात्राको लागि प्रतिष्प्रर्धा गर्ने भएका छन् । 

त्यसैगरी समुह बीमा रहेको गोर्खा बोर्डिङले बुधबारको खेलमा एलपी देवकोटा मेमोरियल स्कुललाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै सेमफाइनलमा यात्रा बनायो ।

बुधबारको अन्तिम खेलमा भने भुनिभर्ष स्कुलले साइनिङ स्टार स्कुल माथि २–० को शान्दार जित हात पार्दै अन्तिम चारमा स्थान बनायो । प्रतियोगितामा छात्र सिनियरतर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको छ । मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागी भएको एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत