अर्थतन्त्र

कति छ राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरभाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ। मंगलबार डलर ७५ पैसा बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।

मंगलबार अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ५७ पैसा थियो भने बिक्रीदर १३१ रूपैयाँ १७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ३२ पैसा बढेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३८ रुपैयाँ ४४ पैसा र बिक्रीमा १३९ रुपैयाँ ७ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९० पैसा र बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ६२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३५ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ८ पैसा र बिक्रीदर ३५ रुपैयाँ २४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रुपैयाँ १ पैसा र बिक्रीमा ३० रुपैयाँ १४ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ६७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ४३ पैसा तोकिएको छ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत