वातावरण

माैसम : केही प्रदेशमा आंशिक बदली

 

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान देशको पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।  

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी सफा रहनेछ ।

राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। 
 
तराई भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत