अर्थतन्त्र

मंगलबार नेप्सेमा गिरावट, नेप्से सूचक ४ दशमलव ८७ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  आज मंगलबारघटेर बन्द भएको छ । यस दिन नेप्से सूचक ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेको छ। 

यस दिन कारोबार रकम भने घटेको छ। सोमबार १ अर्ब ६७ करोड रुपैयाँको शेयर खरिद बिक्री भएकोमा मंगलबार १ अर्ब रुपैयाँ भन्दा कमको शेयर खरिदबिक्री भएको छ। यस दिन ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन धौलागिरि लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.१७ प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ५.८६ प्रतिशत,हिमालयन बैंकको ४.१५ प्रतिशत र खप्तड लघुवित्तको शेयरमूल्य ४.०१ प्रतिशतले बढेको छ। यता मंगलबार नगद लाभांश मात्रै दिने घोषणा गरेको एनएमबि बैंकको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ भने रिभर फल्स हाइड्रोपावर र पञ्चकन्या हाइड्रोपावरको पनि शेयरमूल्यउ उच्च दरमा घटेको छ। मंगलबार उच्च शेयर कारोबार हुनेमा शिवम् सिमेन्ट,हिमालयन डिस्टिलरी, रिडि र नविल बैक रहेका छन्।

कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक बढेको छ भने बाँकी १० उपसमूहको सूचक घटेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत