अर्थतन्त्र

कति छ राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको विदेशी विनिमय दरभाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार आज मंगलबार अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ पनि बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ५७ पैसा र बिक्रीदर १३१ रुपैयाँ १७ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ८२ पैसा थियो भने बिक्रीदर १३० रूपैयाँ ४२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ७५ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३७ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३८ रुपैयाँ ५० पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसा बढेको हो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ४१ पैसा र बिक्रीदर १६१ रुपैयाँ १५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७७ पैसा पाइन्छ । यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८९ पैसा तोकेको छ ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत