अर्थतन्त्र

नेप्सेमा भारी गिरावट, कारोबार रकम बढ्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दाेस्रो कारोबारको दिन आज साेमबार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार ०.५६ अंकले बढेर १ हजार ९ सय ६१ दशमलब ६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन २४.४६ अंक घटेर १९३८.७६ विन्दुमा झरेको छ ।

यस दिन कारोबार रकममा सामान्य सुधार भएको छ । यस दिन २४० स्टकको कारोबारमा १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४.६३ रुपैयाँ बराबरको ४१ लाख २७ हजार २८६ कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ इण्डेक्स १६९ अंक घटेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत