वातावरण

चिसाे बढेसँगै जाेगिन आग्रह, यस्ताे छ माैसमी पूर्वानुमान

 

काठमाडाैं । बिहान र बेलुकाको समयमा चिसाे बढेसँगै जाेगिन आग्रह गरिएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९–२० डिग्री सेलिसयससम्म पुग्ने पूर्वानुमान छ । 

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । 

आज दिउँसो प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार पनि प्रदेश १ को पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

गाउँ सहर संवाददाता

तपाईँको मत