गाउँ सहर
काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच विवाद हुँदा चक्कु प्रहार, दुई चिनियाँ घाइते
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर आइतबार, २०७९ | १५:३३:०० मा प्रकाशित

काठमाडौं । आज बिहान साढे ११ बजे राजधानीको व्यस्त काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच एकापसमा विवाद हुँदा त्यसले ठूलो दुर्घटना निम्त्याएको छ ।
विवाद बढ्दै गएपछि ३७ वर्षीय फङ्ग चङ्गयुनले धारिलो वस्तु प्रहार गरी आफ्ना दुई साथीलाई घाइते बनाएका हुन् । लि चुवान र गान साउसिङ्ग (२९ बर्ष) लाई तत्काल उपचारका लागि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । लि चुवानको पेटमा गहिरो चोट लागेको छ,उनी बोल्न सकिरहेका छैनन् । यता,गान साउसिङ्गको पेट,छाती र टाउकोको बायाँ भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने फङ्ग चङ्गयुनलाई हतियारसहित जनसेवा प्रहरी कार्यालय,न्यूरोडले नियन्त्रणमा लिएको छ । काठमाडौंको इन्द्रचोकमा

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रविको नागरिकता अवैध ठहर गर्ने सर्वोच्चको आदेशमा यस्ताे छ (फैसलाको पूर्णपाठ)
- गृहमन्त्री रवि लामिछानेको नागरिकता सर्वाेच्चद्वारा अवैध ठहर, सांसद पद गयाे
- विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै ग्लोबल आइएमई बैंक
- राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, परेनन् सन्दीप र देव
- गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसला हुँदै
- माघ २३ मा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने
- धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
- गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो
- जयराम हुमागाई र सीता दुलालकाे सांगीतिक काेशेली ‘किस्ता किस्ता गरेर नलुट’ [भिडियोसहित]
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु
प्रतिकृया दिनुहोस