अर्थतन्त्र

आइतबार झिनाे अंकले बढ्याे नेप्से, कारोबार रकममा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार झिनाे अंकले बढेको छ । 

बिहीबार ११.२२ अंक बढेर बन्द भएको नेप्से आज ०.५६ अंकले बढेर १ हजार ९ सय ६१ दशमलब ६२ विन्दुमा बन्द भएको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकममा सामान्य सुधार भएको छ । यस दिन २४२ स्टकको १ अरब ५३ कराेड ९८ लाख ९४ हजार २००.३१ रुपैयाँ बराबरको ३६ लाख ४४ हजार ८०८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ०.९८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ।

फ्लोट इण्डेक्स  भने ०.५७ अंकले घटेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत