गाउँ सहर

 झापामा सवारी दुर्घटना बढेपछि चेक जाँचमा कडाइ

  • १८ मङ्सिर आइतबार, २०७९ | १३:२६:०० मा प्रकाशित

झापा । झापामा सवारी दुर्घटना बढेपछि चेक जाँचमा कडाइ गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोक जवेगुले दुर्घटना बढेपछि जिल्लाका विभिन्न स्थानमा मध्यरातसम्म चेकजाँच गर्न थालिएको जानकारी दिए ।

दिउँसोभन्दा राति धेरै दुर्घटना हुन थालेकोले चेकजाँचको समय राति १० बजेबाट बढाएर साढे १२ बजेसम्म पुर्‍याइको हो ।

यही मङ्सिर महिनाको १७ दिनमा ११ जनाले सवारी दुर्घटनामा ज्यान गुमाइसकेका छन् । यो महिना ३६ वटा सवारी दुर्घटना भइसकेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गत साउनमा ५९ वटा दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो । भदौमा ६० दुर्घटनामा ५ जनाले ज्यान गुमाए भने असोजमा ७६ दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाए । कात्तिकमा ७५ वटा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको हालसम्म झापामा ३०६ वटा दुर्घटना भइसकेको छ । सो दुर्घटनाबाट ५३ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा चेकपोष्ट रहेको २० वटा स्थानमा चेकजाँचमा कडाइ गरिरहेको बताउँदै ट्राफिक प्रहरी प्रमुख जवेगुले नागरिकलाई सुरक्षित यातायातका साधन मात्र चलाउन आग्रह गरेका छन् ।

तपाईँको मत