दिगोविकास

केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दै

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दैछ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार दिउँसो २ बजे बस्ने बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति सत्तारुढ गठबन्धन आवद्ध कांग्रेसले असन्तुष्टि जनाएको छ ।

सोही क्रममा आइतबार बस्न लागेको बैठकमा नयाँ सरकार गठन र गठबन्धनका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।   गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत