खेल

आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले आज स्कटल्याण्डको सामना गर्ने

 

काठमाडाैं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज  दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ। 

यस सिरिजमा दुवै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाँडेको थियो ।

यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत