ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आयाे, तत्काल मूल्य नघटाउने पक्षमा निगम
- गाउँ सहर संवाददाता
- १६ मङ्सिर शुक्रबार, २०७९ | ११:५२:०० मा प्रकाशित
काठमाडौँ। खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपियाँ, पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपियाँ मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने ४४ रुपियाँ मूल्य बढेर आएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मूल्य घटेर आएकाले निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपियाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा रहेको छ ।
यस्तै हवाई इन्धन आन्तरिकमा ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपियाँ नाफा गरेको निगमले जनाएको छ । ग्यासमा भने प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा कायम रहेको निगमले जनाएको छ ।
मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपियाँ नाफा हुने अनुमान गरिएको छ ।
इन्धनको मूल्य घटेर आए पनि तत्काल बजारमा मूल्य नघटाउने निगमले जनाएको छ । पछिल्लो समय इन्धनको मूल्य घटेर आए पनि आईओसीलाई तेल खरिद गरेको रकम तिर्न बाँकी रहेकाले निगमले मूल्य घटाएको थिएन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हङकङसँग पराजित हुँदा नेपाल इमर्जिङ एशिया कपमा छनोट हुनबाट बाहिरियाे
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
प्रतिकृया दिनुहोस