अर्थतन्त्र

साताको अन्तिम कारोबार दिन नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। 

यस दिन नेप्से परिसूचक ११.२२ अंक बढेर १९३१.०६ विन्दुमा पुगेको छ। 

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २२४ स्टकको  कारोबारमा १ अर्ब ३२ करोड २९ लाख ७२  हजार १८५.६५ रुपैयाँ बराबरको ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन १.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५१ अंक बढेको छ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत