अर्थतन्त्र

बुधबार नेप्सेमा ३.५१ अंककाे गिरावट, कारोबार रकम पनि घट्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  आज बुधबार नेप्से घटेर बन्द भएको छ । अघिल्ले कारोबार  दिन नेप्से २.९९ अंक बढेर बन्द भएको  नेप्से, यस दिन ३.५१ अंक घटेर १९४९.८५ विन्दुमा झरेको छ।

 नेप्सेसँगै यस दिन कारोबार रकम भने घटेको छ। यस दिन २३८ स्टकको ८४ कराेड २६ लाख ९५ हजार ३०१.९९ रुपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर खरिदबिक्री भएको छ । 

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंक र सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत