गाउँ सहर

थापाथलीका सुकुम्वासीहरू महानगरविरुद्ध सडकमा

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीका बासिन्दाहरूले आफ्नो बस्ती उठाउन खोजेकोमा काठमाडौँ महानगरपालिका विरुद्ध आन्दोलन थालेका छन् ।

उनीहरूले आज महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै माइतीघर मण्डलामा अनसन समेत बसेका छन् । आज पनि बस्ती वरपरका सडकहरूमा एकीकृत भई उनीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

उनीहरूले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध नाराबाजी गर्दै राजीनामा समेत मागेका छन् । सुकुम्वासीहरूले आफूहरूको विकल्पसहित उचित ब्यवस्थापन  गर्न पनि माग गरेका छन् । 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पटक पटक सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको तर सुकुम्वासीहरूले अटेरगरेपछि बस्ती खाली गराउन समितिले महानगरसँग अनुरोध गरेको थियो ।

महानगरले समितिको समन्वयमा सोमबार डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन पुग्दा अवस्था तनावग्रस्त बनेको थियो । सोमबार दुई पक्षबीच झडप पनि भएको थियो । झडपमा परी महानगरका सुरक्षाकर्मीहरू घाइते भएका थिए । उनीहरूको नर्भिक अस्पतालमा उपचार गरिएको थियो । सोमबार उनीहरूले घरेलु हतियारसहित प्रदर्शन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत