राजनीति

समानुपातिकतर्फ अहिलेसम्म कुन-कुन दलले कति मत पाए ?

काठमाडौं । मंसिर ४ गते भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । सुरुदेखि नै अग्रता लिइरहेको एमालेले २५ लाख १९ हजार ३१६ मत प्राप्त गरेको छ । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ८७ हजार ३१९ मत प्राप्त गरेको छ । 

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रलाई उछिन्दै पुनः राष्ट्रिय स्वतन्त्र पार्टी आइपुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १०  लाख ५९ हजार ३२३ मत पाएको छ । 

चौथो स्थानमा रहेको माओवादी केन्द्रको पक्षमा बिहान ७ बजेसम्म १० लाख ५२ हजार ७८८ मत खसेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत