गाउँ सहर

दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान गर्ने निर्वाचन आयोगले निर्णय

काठमाडौं । दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुन: मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ। 

४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको आरोपको छानबिन गर्दै निर्वाचन आयोगले उक्त निर्णय गरेको हो।

नेपाली कांग्रेसले बुथ क्याप्चर गरेको भन्दै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए।

आयोगका उपसचिव तथा सहायक प्रवक्ता ऋषिराम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै १५ गते पुन: मतदानको निर्णय गरिएको जानकारी दिए। 

दोलखाको बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्राविमा पुन: मतदानको माग गरिएको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत