अर्थतन्त्र

आज आइतबार उच्च अंकले बढ्याे नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ३०.२५ अंकले बढेर १ हजार ९ सय ६३ दशमलब ८० विन्दुमा बन्द भएको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २२३ स्टकको १अरब ९८ कराेड ७९ लाख ९५ हजार ९०६.८२ रुपैयाँ बराबरको ४१ लाख २६ हजार ५७१ कित्ता शेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंक बढेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत