विश्व

रुसी आक्रमणका कारण युक्रेनमा ५० प्रतिशत विद्युत प्रसारण सेवा अवरुद्ध

  • ९ मङ्सिर शुक्रबार, २०७९ | १०:२८:०० मा प्रकाशित

युक्रेन । युक्रेनले रुसी क्षेप्यास्त्र आक्रमणका कारण त्यहाँको मागको ५० प्रतिशत विद्युत मात्र प्रसारण भएको छ । 

रुसले विगत केही साता देखी युक्रेनको ऊर्जा केन्द्रहरूमा आक्रमण गर्दै आइरहेको छ । युक्रेनको  विद्युत प्राधिकरणले ऊर्जा पूर्वाधारहरू मर्मत कार्य जारी रहे पनि काम ढिलो गरी भइरहेको छ । 

युक्रेनमा हाल जाडो बढ्नुका साथै हिमपात भइरहेको, अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले उल्लेख गरेको छ । जाडोका कारण युक्रेनमा मानिसहरू मर्न सक्ने सम्भावना बढेको बिबिसीले जनाएको छ । 

तपाईँको मत