अर्थतन्त्र

आइएमई पे र बीग डिजिटलबीच सहकार्य, ट्रिपल वर्ल्ड कप अफर

काठमाडौँ । आइएमई पे र बीग डिजिटलबीच सम्झदारी गरिएको छ । समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमाञ्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू. १,००० फ्ल्याट छुट पाइने छ । साथै, ग्राहकहरुले रू.  ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्ने कम्पनीले बताएकाे छ ।

यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसिर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहने उसले स्पष्ट पारेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत