विश्व

रूससँग भएको खाद्यान्न सम्झौता ‘विश्वव्यापी खाद्य सुरक्षाका लागि आवश्यक’ : राष्ट्रसङ्घ प्रमुख

  • एजेन्सी
  • २९ कार्तिक मंगलबार, २०७९ | १३:२०:०० मा प्रकाशित

नुसा दुआ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

इन्डोनेसियाको बाली टापुमा जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विश्वका धेरै ठाउँमा अनिकाल र भोकमरी हुन नदिन हामीले तत्काल कदम चाल्नु आवश्यक छ । ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ युक्रेनी तथा रूसी खाद्यान्न र मल विश्व बजारमा प्रवाहित हुन सकोस् भन्ने सुनिश्चित गर्ने प्रयास विश्व खाद्य सुरक्षाका लागि अत्यावश्यक छ ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँले बालीमा हुने जी–२० शिखर सम्मेलनपछि आफ्ना समकक्षी भ्लादिमिर पुटिनलाई फोन गर्ने म्याक्रोँनिकट एक फ्रान्सेली अधिकारीले बताएका छन् ।

युक्रेनमाथिको आक्रमणका कारण पुटिन ‘एक्लो’ भएको बताउँदै ती अधिकारीले भने, ’म्याक्रोँले जी–२० पछि उनलाई फोन गरेका हुन् ।सिन्ह्वा

एजेन्सी

तपाईँको मत