गाउँ सहर

निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचारप्रसार निषेध

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ । योपटक मौन अवधि नरहेकाले र सो समयलाई ‘स्थिर समय’का रूपमा प्रयोग गर्नुपर्ने जनाएको हाे । 

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाइने भन्दै उमेदवार र कार्यकर्तालाई यसबारेमा पुनः सचेत गराएको हो ।

 

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मतदानअघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाइने बताए । उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर योपटक मौन अवधि नरहेकाले र सो समयलाई ‘स्थिर समय’का रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गरे ।

मंसिर १ गते राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुनेछ । सो अवधिमा निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही हुने र निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते हुँदैछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत