गाउँ सहर

मतपत्र कस्ता हुन्छन्, कसरी स्वस्तिक छाप लगाउने, चाैथाे चरणपछि के गर्ने ?

स्राेतः निर्वाचन आयोग ।

काठमाडाैँ । चुनाव नजिकिएकाे छ । भाेट कसरी हाल्ने, कसरी पट्याउने, कुन रङकाे पत्रमा छाप लगाउने भन्ने कुराहरूकै चर्चा छ अहिले जनतामा । भाेट खेर नजानकाे लागि निर्वाचन आयोग हरतरहले सिकाउनमा व्यस्त छ । मत सङ्केत कसरी गर्ने-नबिगार्ने ? याे सबैले जानेर भाेट हाल्नु अत्यन्तै जरूरी पनि छ । जसका लागि यी नियम जान्नु अपरिहार्य छ ।

चरण १

  • प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेता पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह छापिएको पहिलाे मतपत्र लिनुहोस् ।
  • स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत गर्नुहोस् ।
  • मतपत्र सही तरिकाले पट्याउनुहोस र सेतो पृष्ठभूमिमा रातो रङले १ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् ।

चरण २

  • प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कलो रङको निर्वाचन चिन्ह छापिएको दोस्रो मतपत्र लिनुहोस् ।
  • स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत सङ्केत गर्नुहोस् ।
  • मतपत्र सही तरिकाले पट्याउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रङले २ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् ।

चरण ३

  • प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह छापिएको तेस्रो मतपत्र लिनुहोस् ।
  • स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत गर्नुहोस् ।
  • मतपत्र सही तरिकाले पट्याउनुहोस् र सेतो पृष्ठभूमिमा रातो रङले ३ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् ।

चरण ४

  • प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह छापिएको चौथो मतपत्र लिनुहोस् ।
  • स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत सङ्केत गर्नुहोस् ।
  • मतपत्र सही तरिकाले पट्याउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रङले ४ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् र मतदान केन्द्रबाट बाहिर जानुहोस् ।

गाउँ सहर संवाददाता

तपाईँको मत