खेल

स्वस्थ जीवनका लागि खेलकुद - जि.स.स. कास्की प्रमुख पौडेल

पोखरा। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले स्वस्थ जीवनको लागि खेलकुद र व्यायाम आवश्यक भएकाे बताएका छ्न्। नागरिक स्वस्थ भए मात्रै समृद्धि संभव हुने र त्यसका लागि नियमित खेलकुद र शारीरिक व्यायाम आवश्यक हुने हुँदा आम नागरिकहरू त्यसमा सहभागी हुनु पर्ने बताए।

खेलकुदमा व्यवसायिक हुँदा देश र जनताको प्रतिष्ठा वृद्धिमा महत्त्वपूर्ण भूमिका रहने बताए।

पौडेलले सो कुरा  पोखरा महानगर पालिका वडा न ५ स्थित सूर्य चन्द्र विकास समाजको आयोजनामा संचालित तेस्रो वडास्तरिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको समापनका अबसरमा बिजयी खेलाडीहरूलाइ प्रमाणपत्र वितरण गर्दै सो कुरा बताएका हुन्।

प्रमुख पौडेलले खेलकुद क्षेत्रको विकासको लागि समय सापेक्ष नीति निर्माणमा जोड दिए। 

२४  टिमको  सहभागितामा  ३ दिन सम्म संचालित सो प्रतियोगितामा समूह" क" तर्फ प्रबेश गुरुङ र जित बहादुर कुबरको समूह  बिजेता र कृष्ण खत्री र दिपक लामिछानेको समूह - उप बिजेता बन्न सफल भए भने समूह" ख "तर्फ सुबास कोइराला र भुपेन्द्र के. सी. को समूह बिजेता तथा गोबिन्द बहादुर थापा र सुशोभन बरालको समुह उप- बिजेता बन्न सफल भए। बिजेता तथा उप बिजेता समूहले क्रमशः नगद रु १२ हजार  र ८ हजार ट्रफी, प्रमाणपत्र प्राप्त गरे।

पोखरा महानगर पालिका वडा न ५ को विशेष सहयोग रहेको प्रतियोगितामा समूह" क "तर्फ जित बहादुर कुबर  र समूह" ख" तर्फ  सुबास कोइराला उत्कृष्ट खेलाडि घोषित भए।

उनीहरुलाई ट्रफी र मेडल प्रदान गरिएको आयोजक सूर्य चन्द्र विकास समाजका अध्यक्ष कृष्ण प्रसाद बरालले जानकारी दिए। 

सो अवसरमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याएबापत ब्याडमिन्टन खेलाडी जगदिश प्रसाद अधिकारीलाई" स्रष्टा सम्मान "बाट सम्मानित गरिएको थियो।

कार्यक्रममा पोखरा महानगरपालिका वडा न ५ का अध्यक्ष बिष्णु प्रसाद बराल, प्रतियोगी खेलाडी केशव प्रसाद कोइराला, सम्मानित व्यक्ति जगदिश प्रसाद अधिकारी, सूर्य चन्द्र विकास समाजका महासचिब सावित्री कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए।

गाउँ सहर संवाददाता

तपाईँको मत