विश्व

४५ दिनअघि प्रधानमन्त्री बनेकी लिज ट्रसको राजीनामा

  • एजेन्सी
  • ३ कार्तिक बिहीबार, २०७९ | १८:५७:०० मा प्रकाशित

यूकेकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छन् । प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन् ।

बिहीवार एक सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन् ।

नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरेकी छन् ।

एजेन्सी

तपाईँको मत