प्रेरणा

‘पानी बिना जसरी बिरुवा सुक्छ, त्यसरी नै जीवनमा माया नहुँदा सम्बन्ध धेरै दिन टिक्दैन’

काठमाडाैँ । सम्बन्ध जोगाउनको लागि भेटघाट हुनु जरुरी छ । एकअर्काको माया रहिरह्यो भने सम्बन्ध पनि जिउँदो हुन्छ । भेट रोकियो भने प्रेम समाप्त हुन्छ र प्रेम भएन भने सम्बन्ध धेरै दिन टिक्दैन । परिवार होस् वा समाज, कसैले कसैको लागि गलत सोच्नु हुँदैन, अरुको बाटोमा काँडा बिछ्याउनु हुँदैन । त्यसैले आफ्नो काममा ध्यान दिनुहोस् र अरूको ईर्ष्या नगर्नुहोस् ।

  • जीवनमा समस्या कम गर्न चाहनुहुन्छ भने अपराध गर्नबाट बच्नुहाेस् । अर्काकाे कुरा राम्ररी सुन्नुहाेस् र बेल्ने बेलामा शब्दकाे चयन साेच-समझदारीसँग गर्नुहाेस् ।
  • यदि हामीले विरूवामा पानी नहाल्ने हाे भने त्याे सुक्छ, त्यसरी नै सम्बन्धमा ध्यान नदिने हाे भने प्रेम मर्छ ।
  • जब मन नराम्राे कुरातिर जान्छ भने शान्तिसँग काम गर्नुपर्दछ । सहि-गलत बुझ्नु जरूरी छ ।
  • अरूकाे बारेमा कहिल्यै गलत साेच्नु हुँदैन । यदि साेचेमा हरेक पाइलामा काँडा उत्पन्न हुन्छ । हामीले काममा ध्यान दिनु पर्दछ ।
  • दुःख सहन गर्नु पर्दछ, दिनु हुँदैन, याे तपस्या जस्तै हुन्छ ।
  • धैर्यता गाह्राे चिज हाे, तर धैर्य भए जीवनमा सुख-शान्ति रहिरहन्छ ।
  • असफलता र गल्तिबाट सिकेमा जीवन सफल पक्कै हुन्छ ।
  • जसकाे मनमा डाह हुन्छ उ शान्त हुन सक्दैन, निन्द्रा राम्राेसँग पर्दैन ।
  • यदि घरमा पटकपटक झगडा भइरहन्छ भने त्यसकाे कडी भनेकाे प्रेम नै हाे ।

गाउँ सहर डेस्क

तपाईँको मत