जीवनशैली

दशैंमा मासु, कसरी खाने ? सन्तुलित प्रयोग गर्न चिकित्सक तथा शुभेच्छुककाे सुझाव

काठमाडाैँ । दशैं हिन्दुहरूको महान चाड हो । यो चाडमा ठूलाबडा, मान्यजनको हातबाट रातो टिका जमरा  र आर्शिवाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा नेपाली  माझ रहँदै आएको छ । आफूसँग पर्याप्त पैसा नभए पनि ऋण काढेरै भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी नै चल्छ । यहीकारण पनि भनिएकाे हाेला, “दशैं आयो ढोल बजाई, दशैं गयो ऋण बोकाई । ”

दशैंमा  मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन छ ।  सानो कुराले गर्दा  आफू, आफन्तजन र पाहुनाहरू बिमारी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउन सक्छ । खास गरि दशैंमा मासुका परिकारहरुको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न चिकित्सक तथा शुभेच्छुकले भन्न छुटाएका छैनन् ।

मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन, जिंक, भिटामिन बि, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । स्वस्थ व्यक्तिले दिनभरमा १०० देखि १५० ग्राम सम्म मासु खान उपयुक्त हुने डाक्टरकाे सुझाव छ । तसर्थ,  तपाईं–हामीले सुरक्षित ढंगले मासु राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने खतरा हुन्छ ।

विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूको अध्ययन र अनुसन्धानका क्रममा खानामा दैनिक अत्याधिक रातो मासुको प्रयोगले मानिसहरूको संवेदनशील अंग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउने बताउँछन् ।

मोटोपना भएको मानिसले एकपटकमा तीन देखि चार पिस भन्दा बढी मासु खान उपयुक्त हुदैन । अत्यधिक मासु सेवन गर्नाले हड्डी कमजोर हुने, आथ्र्राइटिस (जोर्नीसम्बन्धी रोग) हुने, कोलेस्ट्रोल बढ्ने तथा स्तन क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ । तर, दशैँकाे बेलामा हामी अनियन्त्रित भएर मासुकाे कुरा गर्छाैँ ।

मासु धेरै सेवन गर्नाले मोटोपन बढ्ने र त्यसले शरीरमा एस्ट्रोजेन हर्मन बढ्ने गर्दछ । सो हर्मोनले क्यान्सरको खतरा बढ्ने अनुसन्धानहरुले प्रमाणित भएको छ । अनुसन्धानकर्ताले भनेका छन्  मासु खानेबित्तिकै आइसक्रिम, दुध, दही, क्रिमका परिकार खानु उपयुक्त हुदैन । बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिनुपर्छ । चाडपर्वमा मासु बढी खाइने हुँदा यसले युरिक एसिड र मृगौलाका बिरामीहरुलाई सताउने गर्छ । अनुसन्धानकर्ताले यो पनि भनेका छन् की मासु बढी प्रोटिनको मात्रा धेरै हुन्छ । प्रोटिनको अत्याधिक सेवनले मृगौलामा हानी गर्ने हुनाले यस्ता रोगीलाई मासु कम खान सल्लाह दिइन्छ ।

यसपालिको दशैंमा आफ्नो स्वास्थ्यको ध्यान राखी आफ्ना पाहुनाको स्वास्थ्यमा समेत  प्रभाव पार्न नदिने हो भन्ने विषयमा केही साधारण कुरामा ध्यान दिन सकिएमा उपचार खर्चका ठूलो जोखिम कम गर्न सकिन्छ ।  

मासु खानमा मात्रै हाेइन निम्न कुरामा ध्यान दिनुहाेस्

१. काँचो, पोलेको कालो तथा नपाकेको मासु 

२. मासुको परिकार तयार गर्ने व्यक्तिकाे अवस्था

३. अस्वस्थ्य तथा बिरामी पशुपन्छीको मासु 

४. राम्रोसँग फ्रिजमा भण्डारण प्रक्रिया नअपनाएकाे मासु

५. बध गर्नेवित्तीकै वा डिपफ्रिजकाे मासु

६. बधशाला फोहरयुक्त र असुरक्षित छ, छैन

७. बत्ती नभएको बेलामा फ्रिजमा राखेको मासु ।

यसकारण यी कुराहरू पनि विचार गर्नुहाेस्

१. मासु हलुका गुलाबी रंगको हुन नहुने ।

२. मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भइसकेको हुन्छ ।

३. मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, गन्ध नआएको हुनुपर्छ ।

४. मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ ।

५. मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु हुँदैन ।

६. मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका, तराजु सफा छ कि छैन हेर्नु पर्दछ ।

७. फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ ।

८. बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने ।

९. काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा खानु हुँदैन । किनभने काँचो मासु नै रोगको भण्डार हो । काँचो मासुबाट रोग सर्ने सम्भाबना बढि हुन्छ।

१०. मासुलाई १ सय डिग्रीभन्दा बढी तापक्रममा पकाउनुपर्छ ।

११. चिल्ला र फ्राइ गरेको मासु नखाने ।

१२. तेल, घिउमा मासु खार्दा त्यसबाट विषालु पदार्थ जन्मन्छ र त्यस ले मुटुलाई निकै नै हानी पुर्याउँछ ।

१३. उच्च तापक्रममा मासु फ्राई गर्दा हेटेरोसाइकिल्क र पोलिसाइकिल्क जस्ता केमिकल निस्किने र उक्त केमिकलले क्यान्सरको जोखिम बढ्ने भएकाले दशैको मासु पकाउँदा सजक बन्नुपर्छ । 

१४. मासुलाई धेरै भुट्ने, तार्ने वा पोल्ने भन्दापनि थोरै भन्दा थोरै तेल प्रयोग गरि सामान्य तरिकाले पकाउनु उपयुक्त हुन्छ ।

१५. पेट, ठुलो आन्द्रा, प्रोस्टेट, कलेजो, फोक्सो र छाला जस्ता अंगहरुको क्यान्सर हुने जोखिम बढी रहन्छ । त्यस्तै मासु फ्राई गर्दा निस्कने तत्व एच.सी.ए. र पी.ए.एच.यसले मानव शरीरमा विभिन्न ट्युमरहरु पैदा हुन्छ । तसर्थ त्यस्ता मासु भिन्नै उमालेर मात्र थोरै तलमा बफ्याएर पकाउने ।

१६. पशुलाई धेरै हिँडाएर ल्याएको छ भने बध गर्नु अघि एकदुई दिन आराम गराउनुपर्छ । साथै बध गर्नुपूर्व ६ देखि बाह्र घण्टाअघि दाना र घाँस रोकी पानी मात्र दिनुपर्छ ।

१७. कुखुराको मासु किन्दा छाला निकालेर, कलेजो, फोक्सो, मलद्वारनली र अन्ननली फ्यालेर किन्नुपर्छ । यसो गर्दा छालामा डिपोजिट भएर बस्ने भ्याक्सिन, कलेजोमा डिपोजिट भएर बस्ने एन्टिबायोटिक तथा यसमा रासायनिक प्रतिक्रिया भएर बन्ने केमिकलको हानिवाट जोगिन सकिन्छ ।

१८. फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ ।

१९. बढी चिल्लो र पिरो बनाएर मासु खानु हुँदैन । यसरी खाँदा ग्यास्ट्रिक, प्रेसर, बान्ता, अपच, फुड पोइजनलगायत समस्या आउन सक्छ ।

२०. मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्दछन् । अलगअलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना हुन्छ ।

२१. ग्यास्टिकले नसताओस भन्नका लागि सकभर उसिनेको वा रसयुक्त मासु खान लाभदायी हुन्छ ।

२२. मासु खाएपछि शरीरलाई हलचल वा व्यायम गर्नु राम्रो हुन्छ । त्यसो त शरीरका लागि नियमित रुपमा ४५ मिनेट जति हिडनु राम्रो हुन्छ । मासु खाएका बेला पनि सो प्रक्रियालाई थप्न सकिन्छ ।

२३. मासु खाएपछि कोक, फेन्टा जस्ता कोला युक्त पेय पदार्थ समेत पिउनु हुदैन्न् यसलै युरिक एसिड , मधुमेह, मुटु जन्य रोग लाग्छ ।

२४. पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने प्रक्रिया घातक हुन्छ ।

२५. मासुमा अम्लियपनाको मात्रा ५.७ पिएचभन्दा कम र ६.३ पिएच भन्दा बढी हुनुहुँदैन । यस्तो भयो भने मासु कालो र पिक्काजस्तो देखिन्छ । यस्तो मासु सेवन गर्नुहुँदैन ।

२६. कखुराको मासुलाई दोहोराएर तताएर खानु हानिकारक हुन्छ किनकनी यसमा पाइने प्रोटिन कम्पोजिशन पुनःतताउँदा बदलिन्छ, जसको कारण पाचन सम्बन्धी समस्या हुन्छ । तताउँदा यसमा पाईन प्रोटिन नष्ट भई उत्पन्न तत्वले क्यान्सर निम्त्याउन सक्छ । विभिन्न चिकित्सकको सहयोगमा

गाउँ सहर संवाददाता

तपाईँको मत