वातावरण

धेरै प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा

काठमाडाैँ । आज २०७९ असोज १४ गते (शुक्रबार), माैसम विभागका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत