कला

लघुकथा : बजेट

रमेशले दसैँको लागि जम्मा भएका सबै पैसा श्रीमतीको हातमा थमाइदिँदै भने, "लक्ष्मी ! अफिसबाट आएको पैसा र फाइनान्सको बोनस गरेर जम्मा ६० हजार छ । यसैलाई फारो गरेर दसैँ टार्नुपर्छ है ।"

लक्ष्मीले सहमतिको भावमा टाउको हल्लाइन् । दिनदिनै गरेका खर्चको विवरण राख्दै गइन् । खर्च मितव्ययी ढङ्गले चल्दै गएकोमा रमेश पनि खुसी भए ।

घटस्थापनाको दिनमा रमेश र लक्ष्मीबिचमा दसैँको लागि छुट्टाएको पैसा कति बाँकी छ भनेर छलफल चल्यो । लक्ष्मीले बडो अप्ठ्यारो मानीमानी फिस्स हाँस्दै भनिन्, "बूढा ! दसैँको लागि छुट्टाएको बजेटले त आलु खाला जस्तो छ । घरमा सबै देउरानी जेठानी टीका लाउँदा एउटै लुगा लाउने रे । माइतीमा नि सबै दिदीबहिनी उस्तै लुगा लगाएर एउटै दिनमा टीका लाउन जानुपर्छ भन्दै छन् ।"

तपाईँको मत