गाउँ सहर

कपनमा आगलागीबाट मृत्यु हुनेकाे संख्या तीन पुग्याे

काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा लागेको आगलागीमा परी तीनजनाको मृत्यु भएको छ ।

राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले जानकारी दिए ।

उक्त घरमा रहेको अक्सिजनका ग्यास सिलिन्डरहरू पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ । घरमा ट्रेकिङ कम्पनीको कार्यालय भएकाले अक्सिजन सिलिन्डरहरू राखिएको बताइएको छ ।

मृतकको पहिचान खुलेको छैन । उनीहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ ।

त्यस्तै अरू पनि केही घाइते भएका छन् । उनीहरूलाई पनि टिचिङ अस्पतालमा उपचारका लागि लगिएको छ । कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ ।

दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी निभाइसकिएको छ ।

आगलागीपछि नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापा पनि कपनस्थित आगलागी भएको घरमा पुगेका थिए । उनले स्थानीयसँग घटनाबारे जानकारी लिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत