गाउँ सहर

नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिटलाई खारेज गरिदिएको छ ।

न्यायाधीश अनिलकुमार सिंहाको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि रिट नै खारेज गरिदिएको हो । 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संघीय संसद्को दुवै सदनबाट दोस्रोपटक पारित भई पेस भएको विधेयक प्रमाणीकरण नगर्न आदेश जारी गर्न माग गर्दै रिट दर्ता गरेका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै पठाएको विधेयकमाथि संसदको दुवैसदनले परिमार्ज नै नगरि हतार-हतार पास गरेर प्रमाणिकरण गर्न पठाएको वरिष्ठ अधिवक्ता भण्डारीको निवेदनमा उल्लेख थियो ।

संविधान अनुसार संसदका दुवै सदनले पास गरेर पठाएपछि १५ दिनभित्र राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नुपर्ने प्रावधान छ ।

राष्ट्रपतिलाई प्रमाणीकरण नगर्ने छुट थिएन। तर राष्ट्रपति भण्डारीले भने उक्त विधेयक प्रमाणिकरण गर्न अस्वीकार गरिसकेकी छन् ।

नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय पनि सकिसकेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत