गाउँ सहर

पूर्व प्रहरी महानिरीक्षक खनाल एमाले प्रवेश गरि उम्मेद्वार बन्दै

काठमाडाैं  । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् ।

खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन् । 

ओली निकट स्रोतका अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए । 

भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए ।

बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत